• २०७७ कार्तिक ४ गते मङ्गलवार

मुम्बईका नेपालीहरुको सारथि मनकामना – मंगलवार पाए १ सय २५ ले राहत

मुम्बईमा बसोबास गर्ने नेपालीहरुका लागि मनकामना एकता फाउन्डेशन नौलो नाम होइन। बिभिन्न सन्दर्भ अनुसार सामाजिक कार्यमा सक्रिय फाउन्डेशन, कोरोना कहरबीच कामविहीन भएका नेपालीहरुका लागि सहयोगी हात बनेको छ। मनकामना एकता फाउन्डेशन मुम्बईले लगभग १ हजार २ सय बढी नेपालीहरुका लागि राहत सामाग्री सहयोग गरिसकेको छ। राहत बाँड्ने काम मुम्बईका बिभिन्न स्थानहरुमा आझैसम्म जारी छ।

मंगलवार फाउन्डेशनले अन्धेरीको चकाला, सीएसटी, गोरेगाँव, मस्जिद बन्दरको दानाबन्दर र रे रोड लगायत स्थानहरुमा १ सय २५ बढी प्रवासी नेपाली परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले जानकारी दिएका छन्। मुम्बईमा बन्दाबन्दीका कारण अहिलेसम्म पनि खाद्यान्नबाट बन्चित कहिँकतै प्रवासी नेपाली भए तुरुन्त मनकामनालाई सम्पर्क गर्न अध्यक्ष न्यौपानेले आग्रह गरे।

मंगलवारको राहत वितरण स्थलमा मनकामना एकता फाउन्डेशन सहसचिव युवराज न्यौपाने, सदस्य तिल खड्का, भारतीय राष्ट्रिय कांग्रेसका दक्षिण मुम्बई सचिव तथा भारतीय माथाडी कामगार युनियन अध्यक्ष झपटसिंह, संयुक्त नेपाली महासंघका महासचिव पुरन कुवँरको उपस्थिति रहेको थियो।

थप समाचार
प्रतिक्रिया दिनुहोस