• २०७७ कार्तिक ४ गते मङ्गलवार

बयालपाटा अस्पतालमा घटेको घटनाको दोषी को ?

अछामको साँफेबगर नगरपालिकामा पर्ने बयालपाटा अस्पताल आँगनमा जुन कहालिलाग्दो घटना घट्यो, यो घटनाले निकै मन पिरोलेको छ । त्यो भन्दा बढी अछामको मात्र हैन बयालपाटा अस्पतालबाट अन्य छिमेकी जिल्लाका जनताहरूले प्राप्त गर्ने स्वास्थ्य सेवाको बारेमा चिन्ता उत्पन्न भएको छ । म कसैको पक्ष विपक्षमा बोल्न चाहन्न र छैन पनि ! तर सत्यता र वास्तविकताको पक्षमा बोल्न पर्ने कुरा भने लुकाउन सकिदैन, र मेरो चेतना र विवेक ले भ्याउने जति कुरा बोल्नु मेरो कर्तव्य पनि हो । चाहे कसैलाइ चित्त बुझोस या दुखोस ।

सर्वप्रथम त हिजो एकजना भाइ ले आफ्नो रोजगारी गुमेको पिडाले ज्यान गुमाएका छन । यो निकै दुखद कुरा हो । समस्याको समाधान मृत्यु त कदापि होइन, उनले चाहे कसैको उक्साहटमा होस या कसैलाइ धम्क्याउन अपरिपक्व युवा चेतनामा होस, वा आफ्नो पिडा थाम्न सकेनन ज्यान गुमाए यसमा दुखि छुँ । भाइको मृत आत्माले शान्ति पाओस भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु । साथै पिडित परिवारलाई क्षतिपूर्तिको व्यववस्था गरियोस भन्ने माग पनि गर्न चाहन्छु । अर्को कुरा भाइले जुन गलत बाटो रोजे त्यो गर्न नहुने थियो । उनले आफ्नो जीवन त गुमाए घरपरिवारलाइ मात्र हैन बाँकिलाइ पनि समस्यामा पारेर गए । यो गंभिर समस्या पनि हो ! अब यसको जिम्मेवार कसलाई ठान्ने प्रश्न यहाँ छ ! हुन त हामी धेरै टाढा–टाढा बाट नियाल्दै छौ, र हाम्रो चाहाना कुनै पनि व्यक्तिको रोजगारी गुम्नु हुदैन र वेरोजगारीको पिडाले ज्यान गुमाउनु हुँदैन भन्ने पनि हो । हामी जो जहाँ भएपनि आफ्नो जन्मभुमी बारे चिन्ता भने सबैलाइ हुन्छ !

यो विषयमा चाँसो राख्नु र खास दोषको जरो कहाँ छ, गुदि कुरा नियाल्नु भने पक्कै आवश्यक छ ! “समस्या एकातिर, बराल्लिने अर्कातिर” यसरी समस्या पहिचान गर्न सकिदैन । हुन त, अछामका विभिन्न परिवर्तन र विकासको क्रममा धेरै संघर्ष र विभिन्न परिस्थितिमा सामान्य तवरले कुनैपनि उपलब्धि भएको छैन । जहाँ धेरै कुरामा धेरैले ज्यान गुमाएका छन । तर ज्यान गुमाउने सबै गरीबहरु नै छन । तर ज्यान कुन कुरामा दियो वा गयो भन्ने कुरा मुख्य रहन्छ । मैले केहि कुरा जोडन चाँहान्छु ।

म धेरै पोख्त त छैन र नहुँला, सुनेका कुरा सायद २०३४ साल तिर अछामको छबिस र पन्ध्र बिस तिर हैजा महामारी फैलिदै गर्दा कतिपय मान्छेको मृत्यु भयो र त्यो महामारीबाट भयावह अवस्था सृजना हुदामहामारी नियन्त्रणका लागि यहाँका मानिसहरूले केन्द्र सम्म कुरा राखे वा अछामका उच्च तहका मान्छेको पहलमा केन्द्रले औषधि पठायो। औषधी साँफेबगर विमानस्थलमा पुगिसकेपछि औषधी वितरणकै लागि २०३४ साल भदौ २९ गते साँफेमा ठूलो झडप भयो । ठूलो मानविय क्षति हुन पुग्यो । जसमा तत्कालिन जनालिकोटका गिरि सुनार, सेर ब.कुँवर, कर्ण बहादुर साउँद र गाँज्राका रंग बहादुर खडका गरी चारजनाले ज्यान गुमाउनुका साथै २३ जना घाइते बने । जनालीका डम्बरबहादुर स्वार, चण्डिका जमालगाँउ का गंगबहादुर कुँवर लगायत १० जना गिरफ्तारमा परे,यो कारण थियो प्रयाप्त औषधी उपचार गर्ने अस्पताल नहुनु र जनताले स्वास्थ्य उपचारका लागि बाहिरबाट आएको औषधिको आवश्यकता महसुस गर्नु ।
‌‌
२०३४ साल माघ महिनामा राजा बिरेन्द्र बयालपाटा खानेपानीको उदघाटन गर्न आउदा त्यही मौकामा साँफेबगर घटनाको बारे सबैलाइ सान्तवना दिदै यहाँका जनतालाई स्वास्थ्य क्षेत्रमा समस्यालाइ मध्यनजर गरी बयालपाटाक्षेत्रमा एउटा अस्पताल बनाउने प्रतिबद्धता जाहेर गर्यो । त्यसै अनुसार फेरि २०३९ सालमा बयालपाटा अस्पतालको भौतिक पूर्वाधार कार्य शुरु भयो र भवन निर्माण कार्य २०४२/४३ साल तिर सम्पन्न भयो । भवन बनेर मात्र केहि साध्य भएन नेतृत्वको राजनितिक खिचातानीले दुध बिनाको थारो भैसी जस्तै बयालपाटा अस्पतालका रित्ता भवनहरू, भवनमा मात्र सिमित भए स्वास्थ्य संशाधन बिना खाली डाँडोमा बनेका भवनको कुनै औचित्य रहेन ।
२०४२/४३ देखि २०६५ साल सम्म बयालपाटामा बनेका भवनहरू ग्वाला गोठालाहरु देखि जंगली जनावर चराचुरुङ्गीहरुका लुकामारी खेल्ने संरक्षण बिहिन डरलाग्दा गुफा झै बने , एकातिर देशको स-शस्त्र द्न्दले ओझेलमा पार्यो र अर्को तिर नत कसैले चाँसो देखाए, नत कोहि यो बारे चिन्तित बने, यो करौडौंको लगानि डाँडोको हावाले उडायो, नत अछामका मैहु भन्नेहरुले कसैको रोजगारको बारे सोचे नत गरिब अछामि जनताको स्वास्थ्य सुरक्षाको बारे सोचे ।

२०६५ साल तिर न्याय हेल्थ नेपाल देशका दन्द पिडित र असाहय गरिव र स्वास्थ्य क्षेत्रमा पहुच नपुगेका राज्यले पूर्ण रुपमा सेवा दिन नसकेका विकट जिल्लामा स्वास्थ्यको सवालमा काम गर्ने हेतुले अछामको साँफेबगरमा प्रवेश गर्यो र लगभग एक वर्ष साँफेको हाटबजार नजिकै रहेर धेरै सेवा दियो, सेवा प्रभावकारी बन्दै जाँदा जग्गा कम पर्ने स्थिति भएका कारण २०६६ सालमा रिडिकोटको बडेलगडामा सर्यो । विभिन्न सरोकारवाला निकाय देखि सामाजिक राजनीतिक अगुवाहरुको सहकार्य र समन्वयमा बडेलगडामा न्याय हेल्थको उदाहरणिय कार्यले अछामि जनता मात्र नभई छिमेकी जिल्ला समेतका लागि एक बर्दान बन्न पुग्यो ।

यो बयालपाटा अस्पताल न्याय हेल्थ बिमारिलाइ निशुल्क औषधी उपचार गर्ने ठाउँ मात्र रहेन कतिलाई आत्मनिर्भर, समृद्धिको लागि टेवा पुर्याउने स्वरोजगारको माध्यम पनि बनेको छ । यसै अस्पतालको कारण सिमित क्षेत्र वा सिमित पहुँच भएकाहरु होलान जो सुकै हुन अछामी हुन म यसमा धेरै लेख्न चाहान्न । अछामका स्वास्थ्य क्षेत्रका हुन या साधारण हुन आफ्नो योग्यता क्षमता अनुसार कामको प्रकृति अनुसार धेरैले रोजगारी पाएका छन । यतिमात्र हैन आन्तरिक यातायातको व्यापार बढेको छ । पेट्रोलपम्प चलेका छन । गाँउका किसानका तरकारी ब्यवसायले बजार पाएका छन र माछा मासु र खुद्रा व्यापार बढ्यो । कतिपय साना साना औषधी पसल चलेका छन ।होटल ब्यवसाय चलेका छन । नजिकै वरिपरिका साधारण साक्षर महिलाहरुले पनि रोजगार पाएका छन । त्यो भन्दा महत्वपूर्ण कुरा स्वास्थ्य शिक्षा पाएका छन । कतिपयका इजत जोगिएका छन । त्यो भन्दा ठूलो कुरा आज सानो बिरामी हुँदा पनि धनगढी नेपालगञ्ज गएर लाखौं खर्च गर्न पर्ने ठाउँमा निसुल्क रुपमा औषधि उपचार भैरहेको छ। अहिले सम्म करीब १० लाख जनताले स्वास्थ्य उपचार सेवा पाएका छन, यो कुरालाई पनि हामिले बिर्षनु हुदैन । यो हाम्रो गर्व गर्ने ठाउँ पनिहो र गर्न पनि पर्छ ।

कुरा रहयो कर्मचारी निस्कासन र रोजगार गुम्दा आत्महत्या को !

कुनैपनि विदेशी संस्था निश्चित समयको लागि आउने भएकाले सधैं सेवा गर्न सक्दैन र त्यो हुदैन पनि यसका उदाहरण हुन आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक शैक्षिक क्षेत्र विकासको निम्ति सिमित समयको लागि आउने दातृ निकायका कार्यक्रम सिमित समयको लागि आउँछन आफ्ने लक्ष प्राप्ती गर्छन र जान्छन । जब दाताको सहयोग सकिन्छ न संस्था रहन्छन नत कर्मचारी नै रहन्छन ।तर न्याय हेल्थले अहिले सम्म निरन्तर दिइरहेको सेवा र रोजगार लाई हामिले सम्मान गर्नुपर्छ सल्यूट गर्न पर्छ । यो अछामी जनताको लागि मेहरमानि सम्झिनु पर्छ । बाँकि अरुकै भरमा नपरि देखाइ दिएको बाटो र कार्यलाई निरन्तरता दिने जिम्मेवारी सम्बन्धित ठाउँका जिम्मेवार व्यक्तिको पनि हो । नराम्रोको आलोचना गर्नेले राम्रोको प्रसंसा पनि गर्न जान्नु पर्छ । हुन त अस्पताल संचालक, समिति प्रसाशनमा कमिकमजोरी होलान, बिभिन्न कुरामा समस्या देखिएला यो कुरा प्रशासन फाँटले पारदर्शी र चुस्त दुरुस्त हुन जरुरी हुन्छ हुन पनि पर्दछ,यो कुरा हस्पिटलले बुझ्नु जरुरी हुन्छ ।

अहिलेको महाविपत्तिमा स्वास्थ्य क्षेत्रमा जनशक्ति बढाएर सेवालाई प्रभावकारी बनाउनु पर्ने ठाउँमा ३४/३५ जना कर्मचारी निकालिए बेरोजगार बने यो दुखको कुरा हो तर निकालिनुको कारण त्यो भन्दा दुखद कुरा छ । जबसम्म बिदेशी दाताले कर्मचारी दिएको थियो हस्पिटलले राख्यो सबै रोजगार बने उनले सेवा गरे यो हाम्रो खुशिको कुरा हो, थियो । तर बिदेशि दाताले दिनै छोडेपछि हस्पिटल प्रशासनले ति कर्मचारी कसरि पाल्ने र कसले दिने मासिक तलब भत्ता, कहाँ बाट ल्याउने आर्थिक कर्मचारीलाइ काम गराएर भोलि तलब नपाए यसको जिम्मेवारको हुने, आज पैसा नहुदा कर्मचारी हटाइएकोमा आत्म हत्या भो चौतर्फी बिरोध छ । भोलि काम गराएर पैसा नदिँदा के हुन्थ्यो, यो त्यो भन्दा जटिल विषय हो । कसैलाइ घेराबन्दी बनाएर आरोप लाउन पूर्व भित्रको वास्तविकता बुझ्ने कि नबुझ्ने ?

मलाई लाग्दछ, जागिर गुम्दाको पिडाले आत्महत्या हुनु, ३०/३५ जनाको रोजगारी गुमेर बेरोजगार हुनुको जिम्मेवार (न्याय हेल्थ) बयालपाटा हस्पिटल हैन । अछामको राजनितिक दल र शिक्षा, स्वास्थ्य रोजगारी आर्थिक क्षेत्रमा हामि काम गर्छु भनेर जनताको लिडर बनेका हरुले लिन पर्छ । रोजगार दिन्छु भनेर चुनावि नारा लाउने हरुले बेरोजगार बनाएर मर्न बाध्य बनाएका छन । तिनले लिनुपर्छ जिम्मेवारी ! जब बिशुद्ध सेवामा काम गर्ने संस्थामा आफ्ना वरिपरिकाहरुलाइ जागिर ख्वाउन दबाव दिने । मेरो मान्छेलाई राख एकले भन्ने ! मेरो मान्छेलाई राख अर्कोले भन्ने ! राजनिति पावर देखाउने ! हस्पिटलमात्र हैन एउटा विद्यालयमा शिक्षक नियुक्ति गर्दा समेत योग्यता क्षमता नहेरि राजनितिक कार्यकर्ता भर्ती गर्ने । त्यहाँ मात्र हैन ठेकापट्टा र गाँउका कुला पँधेरोमा शुद्ध राजनितिक कार्यकर्ता र आफन्तको भर्ती गर्ने ! अर्काले गरेको ठाउँमा हस्तक्षेप गर्ने रोजगारदाता बन्ने आफु कौणिको काम गर्न नसक्ने ! अन्तिममा निर्दोष जनतालाई झगडा गराउने, ।न्याय हेल्थ नेपालले सेवा दिने हो, राजनितिक दलका कार्यकर्ताको रोजगारीको ठेक्का हैन । आदरणीय मित्र गण तथा अछामी युवा साथिहरु, दाजुभाई, दिदीबहिनी एवं बुद्दिजिबीवर्गहरु अब रोजगारी र पिडितलाइ न्याय बयालपाटा हस्पिटल संग हैन अछामि जनताको नाममा नायक बन्ने र बनेकाहरु संग माग्न पर्छ ।
‌‌
यदि यि राजनितिक दल र स्थानीय सरकार आफ्ना नागरिकहरुको रोजगार प्रति चिन्तित हो र थियो भने आज ३/४ महिना सम्म यो कुराको चर्चा चलेको थियो किन व्यवस्था गर्न सकेनन । कर्मचारी राख्नुहोस् भन्ने तलब भत्ताको ब्यवास्था नगर्ने ! राजनितिक नौटंकी मात्र देखाउने । जनातालाई भिणाउने पानी माथिको ओभानो बनेर चोखिने, यदि साँच्चै चाहन्थे भने स्वस्थ भै बाँच्ने हो भने भौतिक पूर्वाधार विकास पछि पनि गर्न सकिन्थ्यो । संसद बिकास कोष लगायत स्थानीय सरकारका बिभिन्न शिर्षकका खर्च कटाएर हस्पिटल मा हाल्न सकिन्थ्यो किन हालेनन, स्थानीय सरकार कहाँ थियो ? अछामि जनताको कर बाट पाउने सेवा सुविधाको आधा रकम पनि बिकासमा आउदैन, त्यहि रकम पनि फलानोको पहलमा आयो दियो दिलायो भनेर जस लाउने, के जनता लाटा छन, यो कुरा पनि हामिले बुझ्न जरुरी छ ।

एक जनाले ज्यान गुमाए, धेरै जनाले खाइपाई आएको रोजगारी गुमाएयो दुखद कुरा हो । यो भन्दा ठुलो कुरा यदि हाम्रो राजनितिक खिचातानी र आपसि मतभेद र न्याय हेल्थ सम्मको तिक्तताले हस्पिटल नै गुमाउन पुगेछौ न्याय हेल्थले नै छोडेर जाँनेहो भने, के हामि जागिरका लागि लड्न पाउँला र, के गरिब जनताले पाएको निशुल्क सेवा पाउलान र, के महलमा बस्नेहरुले गरिब जनताको स्वास्थ्य सेवाकोबारे धनगढी नेपालगंज औषधि उपचारको जोहो गर्लान रके २०५५/५६ साल तिरको बडेलगडाका जिब जन्तु र जंगलले घेरेको बडेलगडा जस्तै हस्पिटल भवन यि आँखाले देख्न मनले मान्ला र ।

तसर्थ अब एक अर्कालाई आरोप प्रत्यारोप हैन, काम नगर्ने राजनितिक मजा मस्तिमा जनतालाई ठग्नेहरुलाइ बहिस्कार गरौ, राजनितिक पार्टी जो सुकै होस काम गर्ने शिक्षा स्वास्थ्य रोजगारीको बारे चिन्ता गर्ने जनताको हकहितमा काम गर्ने जो कसैलाई सहयोग गरौ । बयालपाटा हस्पिटल मात्र हैन अछामको विकास शिक्षा स्वास्थ्य आर्थिक सामाजिक सांस्कृतिक रोजगारको क्षेत्रमा काम गर्ने सबै निकायलाइ कसरि बचाउन सकिन्छ बिकल्प खौजौ । यो जिम्मेवारी हामि युवापुस्ताको काँधमा छ । त्यसकारण हामी सबैको एकता हुन जरुरी छ । हाम्रा आफ्नाको कमजोरीलाइ लुकाएर बिशुद्ध संस्थालाइ गुमराहमा पार्नु हुँदैन । यदि हामिले संथालाइ राजनितिक घेराबाट बचाएर राख्यौ र हाम्रो दाताको मन जित्न सक्यौ भने ३०/३५ हैन ६०/७० जनालाई रोजगार हुन सक्छ । त्यसकारण “माछो भने वर हात,साप भने पर हात” गर्ने गलत राजनितिक परिस्थितिले निम्त्याएको दुर्घटनालाइ एकोहोरो हेरेर एक सेवा दिने संथालाइ दोष थुपार्न हुदैन ।यो समस्याको समाधान बाटो खोजेर ३० जनाको जागिर भन्दा लाखौंको ज्यान बचाउने हस्पिटल बचाउन पनि हाम्रो आवाज बुलन्द हुन पर्दछ ।

– भुल सामाजिक अभियन्ता हुन्।

प्रतिक्रिया दिनुहोस