• २०७७ कार्तिक १२ गते बुधवार

भारतबाट फर्किंदा सीमामै बेहोस, उपचारका क्रममा वृद्धको मृत्यु

भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । अनलाइनखबरमा समाचार छ।

कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किँदा बेहोस भएका डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।

`भारतको तमिलनाडुबाट फर्किएका उनी सीमा क्षेत्रमै बेहोस भएका थिए´ बोहराले भने `उपचारकै क्रममा साझ ६ बजे मृत्यु  भएको हो ।´

बोहराले विकमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या देखिएको बताए ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए । कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस