• २०७७ कार्तिक ९ गते आइतवार

कोरोनाबाट शिवसेना नगरसेवकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को फैलावट मुम्बईमा दिन प्रतिदिन बढिरहेको छ। यसैबीच शिवसेना नगरसेवक तथा मीरा भायन्दर नगर निगमका एक नेताको कोरोना भाइरसका कारण मृत्यु भएको छ। उनको एक निजी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भयो।

५५ बर्षीय नगरसेवकको दुई सातादेखि उपचार भइरहेको थियो। कोरोनाको लक्षण देखि थालेपछि उनलाई ठाणेको निजी अस्पतालमा भर्ना गरिएको थियो।

उपचाररत ती नगरसेवकको मंगलबार मृत्यु भएको हो। उनको मृत्युले मीरा भायन्दर शहरमा डरको वातावरण सिर्जना गरेको छ। मृतक नगरसेवककी श्रीमती र आमालाई पनि कोरोनरी संक्रमण भएको र अहिले उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस