• २०७७ कार्तिक ६ गते बिहिवार

रुकुम हत्याकाण्डको मुम्बईमा बिरोध प्रर्दशन

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पिडितलाई न्यायको माग गर्दै मुम्बईमा बिरोध प्रर्दशन गरिएको छ। ६ जना युवाहरुको सामुहिक नियोजित ढंगले हत्या गरिएको र उक्त घटनामा संलग्नलाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने दलित जनजागृति महासंघ भारत मुम्ब्रा शाखाले जनाएको छ।

पिडितलाई न्याय र दोषीलाई नेपालको कानुन बमोजिम कारबाहीको माग गर्दै मुम्बई स्थित मुम्ब्रा शाखाका पदाधिकारीहरुले मृतकलाई श्रद्धाञ्जलि तथा उक्त घटनाको खेद प्रकट गरेका छन्।

बिरोध कार्यक्रममा दलित जनजागृति महासंघ भारत मुम्ब्रा शाखा सल्लाहकार डबल सिंह विक, अध्यक्ष उजिर सिंह विक, उपाध्यक्ष दिलिप विक, सचिव पदम विक, सदस्यहरु बिजय विक, धन बहादुर ओड, प्रकाश विक, नरेन्द्र विक, उज्जल सुनार, रतन विक, रमेश विश्वकर्मा, तेज ब. विश्वकर्मा, दलित जनजागृति महासंघ केन्द्र सचिब सुरज बिक निर्दोष, युवा समाजसेवी बिरेन्द्र विक (लामिछाने) को सहभागिता रहेको थियो।

बिरोध प्रर्दशन निरज शाही, दल भण्डारी, अशोक कठायत लगायत मिलेर रुकुम हत्याकाण्डको बिरोध प्रर्दशन तथा श्रद्धाञ्जलि कार्यक्रम मुम्बईमा सम्पन्न गरिएको हो।

प्रतिक्रिया दिनुहोस