• २०७७ कार्तिक ९ गते आइतवार

देशको अखण्डता बिरूद्ध केही सांसदहरुकाे लगातार अभिब्यक्ति आउनु खेदजनक

संसद् र सांसदले संविधानबाटै अधिकार प्राप्त गरेका हुन्छन् । संविधानको अधीनमा रही सांसदले विशेषाधिकार प्रयोग गर्ने हो। देश र जनताको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता संविधानका अपरिवर्तनीय ब्यवस्था हुन । यस विरूद्धका कार्य दण्डनीय हुन्छन् । आज देशको भौगोलिक अखण्डताका बिरूद्ध केही सांसदहरूले खुलेयाम अभिब्यक्ति दिएका छन। यस्ता अभिब्यक्तिले देश र संसद् दुवैको अवहेलना गरेका छन। सभामुखले संसद्को अवहेलना गर्ने सांसदलाई सचेत गराउन, नसीहत दिन र तीन महिना सम्म कैद सजाय तोक्न सक्दछ। कानून, संविधान र देशको अखण्डताको संरक्षण र प्रतिरक्षा गर्ने जिम्मेवारी पाएको ब्यक्तिबाटै देशको अखण्डता बिरूद्ध लगातार अभिब्यक्ति आउनु अत्यन्त खेदजनक छ । सभामुखको तत्काल ध्यानाकर्षण होस् ।

प्रतिक्रिया दिनुहोस