• २०७७ कार्तिक ४ गते मङ्गलवार

महानायक राजेश हमालको आज जन्मदिन – दिनुहोस् शुभकामना !

महानायक राजेश हमालको आज जन्मदिन। हमाल आजबाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् । राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ । तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे । अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तला हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्रमणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ ।

युगदेखि युगसम्म उनको पहिलो र सफल चलचित्र  हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

सुरूवाती जीवन
उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

अभिनय यात्रा
सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरू गरेका थिए । एक वर्षमा उनले औसत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । कुनै समय नायक हमाल दैनिक १८ घन्टासम्म काम गर्थे ।

साथै नेपाल रैबार परिवारको तर्फबाट नेपाल चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई जन्मदिनको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस