• २०७७ कार्तिक १३ गते बिहिवार

यमलाल कँडेलको चित्त बुझाउन कानुनविपरीत सुविधा दिने निर्णय

बिहीबार कर्णाली प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आफूले चढ्दै आएको सरकारी गाडी प्रदेश सभालाई फिर्ता गरे।

‘गरिब प्रदेश’का रूपमा चिनिएको कर्णालीमा महंगा गाडी चढ्न संसदका पदाधिकारीको हैसियत नभएको तर्क गर्दै उनले गाडी फिर्ता गरेका हुन्।

कर्णाली प्रदेश सभामै यस्ता सांसद छन् जसले सत्तरूढ दलको सांसद हुँदा हुँदै पनि विपक्षी दलका नेताले पाउने सुविधा लिएका छन्। कानुनमै नभएको यस्तो सुविधा उनलाई प्रदेश मन्त्रिपरिषदले निर्णय गरेरै दिएको हो।

ती प्रदेश सांसद हुन्, यामलाल कँडेल। यो समाचार दिपकजंग शाहीले सेतोपाटीमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस