• २०७७ कार्तिक ४ गते मङ्गलवार

मनकामनाले मीरारोडका १७० परिवारलाई राहत वितरण ग-यो

मनकामना एकता फाउन्डेशन मुम्बई मीरारोडका ७ स्थानमाहरुमा राहत सामाग्री बाँडेको छ। आईतवार – मीरारोडमा बसोबास गर्ने १७० नेपाली परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले जानकारी दिएका छन्।

राहत वितरणमा मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपाने, सहसचिव युवराज न्यौपाने, सदस्य तिल खड्का र एमबी बोहोरा लगायतकोे सहभागितामा राहत वितरण गरिएको हो। मुम्बईमा बन्दाबन्दी लागू भएदेखि अहिलेसम्म बिभिन्न शहरहरुमा १ हजार बढी प्रवासी नेपालीलाई मनकामना एकता फाउन्डेशनले खाद्यान्न सामाग्री वितरण गरिसकेको छ। फाउन्डेशनले यो कार्य अझै जारी राख्ने समेत जानकारी दिएको छ। बन्दाबन्दी लम्बिएपछि रोजगारी गर्न आएका नेपालीहरु काम विहिन बनेका छन्। नेपालीहरुको रोजगारी ठप्प भएपछि उनीहरुको दैनिकीमा कतै न कतै समस्या देखिएको छ। दैनिकी सहज बनाउँन सामाजिक रुपमा सक्रिय मनकामना एकता फाउन्डेशनले हजारौं मुम्बईमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई राहत वितरण गरेको मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले जानकारी दिए।

मुम्बई निवासी – मनकामना एकता फाउन्डेशनका संरक्षक तथा नेपाल र नेपालीप्रेमी महेश जोशीको विशेष पहलमा भारतीय बिभिन्न संघ–संस्थासँग मनकामना एकता फाउन्डेशनले सहकार्य गरेर खाद्यान्न सामाग्री बाँडिरहेको छ।

मनकामना एकता फाउन्डेशनले हजारौं परिवारलाई राहत वितरण ग¥यो

प्रतिक्रिया दिनुहोस