• २०७७ कार्तिक ९ गते आइतवार

सरकार हेक्का होस् – कोरोनाले नेपालसँग परिक्षा लिदैछ

चीनको वुहान शहरमा सन् २०१९ को अन्त्यतिर पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) लगभग एक महिनापछि विश्व स्वास्थ्य संगठनले विश्व माहामारिको रुपमा घोषणा ग¥यो। त्यतिबेला निकै नै ढिलो भैसकेको थियोे, यदपि विश्व स्वास्थ्य संगठनको कदमप्रति आलोचना भइरहेको पनि छ।

कोरोना भाइरसले दुनियाँमा जैविक हतियारको रूपमा अदृश्य शक्ति बनेर आक्रमण गरिरहेको थियो। विशेषगरी दुनियाँका सुपर पावर राष्ट्रहरुलाई ठुलो नोक्सान पु¥याउन सफल भयो। अमेरिका, चीन, रसिया, इटाली, स्पेन, जर्मनी, फ्रान्स, ईरान, स्विटजरल्यान्ड, टर्की, भारत जस्ता देशहरुमा शिक्षा, स्वास्थ्य, रोजगार र प्राबिधिक स्रोत र साधनले सम्पन्न शक्तिसाली राष्ट्रहरुले घुडा टेक्नु परेको छ।

संसारका करिब २१३ देशहरू विश्व माहामारी कोरोना भाइरसको चपेटामा परिरहेका छन्। विश्वमा आजको मितिसम्म कुल ७० लाख १२ हजार १ सय ७७ संक्रमितहरु र ४ लाख २ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ। यो विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांक हो। दुनियाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ। तरपनि, सबै देशका नेतृत्व बाहकहरुले आर्थिक सुदृढीकरण र जनताको स्वास्थ्यमा ख्याल गर्दै अर्थतन्त्रमा गिरावट नआवस भनेर बिभिन्न रणनीतिको नीति निर्माण गरिरहेका छन्। विदेशबाट आयात हुने बस्तु तथा सामाग्रीहरु स्थानीय स्तरमै उत्पादनमा जोड दिएर उद्याोग, कलकारखानाको स्थापन गरेर जनतालाई रोजगारी सिर्जना गर्ने कार्यमा तल्लिन छन्।

मेरो देश – विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मिएको र संसारलाई चिनाउन दुनियाँको सबैभन्दा उच्च शिखर सगरमाथा, दिक्षणमा लंका, भारत जस्तो ठाउँमा ताराको रुपमा उदाउने भृकुटी उत्तरमा चिन र तिब्बत जस्ता ठाउँमा ज्ञान फैलाउने माता सीताको जन्म भूमि, विश्वलाई हल्लाउँन सक्ने वीर गोर्खालीको भूमिमा एक दमै दुःख लागेर आउछ नेताहरुको खोक्रो रास्ट्रवाद, कार्यक्रर्ताको उग्रराष्ट्रबाद, युबाहरुको जिन्दावाद र मुर्दाबाद कसले बनाउने देश – आजको प्रश्न? जुनसुकै कुरामा पनि लडेर जित्नु पर्छ भन्ने धारणा नैतिक पतन भएका नेताहरु आफू–आफू लडाइँ गरेर देशको शक्ति बाहिरी तत्वहरुले मापन गरिरहेको र मौका मिलेसम्म ढाड भाचिने गरि प्रहार गरेको पनि थाहा पाउदैनन्।

अब कुरा गरौं – हाल कोरोनाको तथ्यांक अनुसार नेपालमा संक्रमितहरुको संख्या ३ हजार नाघि सकेको छ। मृत्यु हुनेमा १२ जन पुगिसकेका छन्। नेपाल सरकार यो आकडा हेरेर मख्ख परेको छ। जतिखेर वुहानबाट अमेरिकी तथा इटाली मुलुकमा कोरोना बिस्तार हुँदा २–४ जना मात्रै मरेका थिए, पछि गएर ती राष्ट्रले भोग्नुपरेको पीडा कति दुःखद थियोे। हामी सबैलाई सर्बबिदितै छ। त्यतिखेर नेपालमा राजनीतिको छक्कापन्जा चलिरहेको थियोे। प्रवासमा रहेका जनतालाई उद्धार गर्ने आकडा संकलन गरि क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्य सामाग्रीको बन्दोबस्त र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको जनचेतना मुलक तालिम तथा कार्यक्रमको प्रबन्ध गरि युद्धस्तरबाट तयारी हुनु पथ्यों – बिडम्बना त्यसो हुन सकेन।

जनतालाई घरभित्रबाट बाहिर निस्कन एकठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध लगाइयो। कलकारखाना बन्द भए। आर्थिक गतिविधि ठप्प भयो। त्यही मौकामा भारतले नेपाली भूमिमा लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा पहिले देखि नै गाभ्नु र कैलाश पर्बत जानकोलागी ८० किलोमीटर सडक उद्घाटन ग¥यो। नेपाल सरकारले त्यतिबेला बिरोध जनायो – सरकारको यो मदम सकारात्मक र प्रंसासयोग्य नै छ। जुन सडक बन्दै गरेको बेला गर्नुपर्ने काम थियो – किन ढिला गरियो, यसको जवाफ सरकारले दिनैपर्छ। नेपालको इतिहासमा जहिले पनि सोझा–साझा जनता नै मारमा परिरहेका हुन्छन्। यतिबेला नेपाली जनता दोहोरो मारमा छन्। श्रम गरेर खाने लाखौं श्रमिक मजदुरहरु सडकमा अलपत्र परेका छन्भने प्रवासी मजदुरहरु भारत तथा अन्य खाडी मुलुकबाट नेपाल भित्राउन क्रम बढ्दैछ। तर, हाम्रो देशका नेताहरुको दरिलो कोरोनासँगको लडाइँमा लड्न सक्ने लक्षण देखिएको छैन। हेक्का होस् – दुनियाँ कोरोनासँग लडेर बिजय प्राप्त गरिसकेका बेला अब कोरोनाले नेपालसँग परिक्षा लिदै छ। जति सक्दो छिटो कोरोनासँग लड्ने दस्तावेज तयार गरियोस्। कोरोनालाई पनि राजनैतिक एजेन्डा नबनाइयोस्। घरमै बसौं। स्वच्छ रहौं। आफ्नो स्वास्थ्यप्रति आफैले ध्यान दिऔं। धन्यवाद।

प्रतिक्रिया दिनुहोस