• २०७७ कार्तिक १३ गते बिहिवार

स्यालुट छ – डा. ललितकुमार लाल दास…

कोरोना भाइरस (कोभिड–१९) ले संसार आक्रान्त बनेको छ। महामारी रोकिएको छैन – दिनानुदिन फैलिरहेको छ। विध्वंसकारी परमाणु बनाउँने साम्राज्यवादी, विस्तारवादी देशले दुनियाँ रुवाएको छ। महाशक्ति राष्ट्रहरु कोरोना भाइरस बिरुद्ध लड्न भ्याक्सीन बनाउँन थालेको महिनौं भएपनि उपलब्धि शून्य छ। यसैबीचमा नेपालबाट केही गर्ने प्रयास गरिएको छ। यो कार्य राम्रो छ। मानवलाई मृत्युबाट बचाउँने एकमात्र देश नेपालका दलित वैज्ञानिक डा. ललितकुमार लाल दासले विश्व महामारी कोरोना भाइरस जस्तो ज्यानै लिने रोगमा भ्याक्सीन औषधि तयार पारेको नेपालीहरुलाई गर्वको कुरा हो।

यदि यो भ्याक्सीन औषधि परिक्षण सफल हुन्छ, भने नेपाल विश्वगुरु हुनुपर्छ। महाशक्ति हुनुपर्छ। यही वर्षको नोबेल (बिज्ञान) पुरस्कार दलित वैज्ञानिक डा. ललितकुमार लाल दासले पाउनुपर्छ। विश्वमा भूगोलको हिसावले सानो देश नेपाल – आर्थिक कमजोर भएको जिडीपी शून्य बराबरको देशले यत्रो ठूलो आविष्कार गर्नु आफैमा महत्वपूर्ण अतुलनीय कार्य हो।

नेपाली समाज एकातिर कोरोना महामारीबाट बचाउँनका लागि भ्याक्सीन औषधि निर्माण गर्ने प्रयास गर्दै थियो, उता रुकुममा दुःखद खबर फैलियो। यता दलित ललितकुमारले भ्याक्सीन बनाउँने प्रयास गरिरहेका थिए – रुकुममा दलित अर्थात् जात नै कारण बनाउँदै हत्या गरियो। कति फरक रहेछ तपाइँ–हाम्रो सोचाइ र चिन्तन। प्रेममा लागी ज्यान दिने जमात हो। खैर – यो विषय एउटा जीवन्त इतिहास बन्ने छ। डा. दासले नेपाली समाजका लागि आफ्नो क्षमता प्रदर्शन गरेका छन्। सबैले आ–आफ्नो कर्म गरियो भने अवस्य समाजका लागि गरिने मानिसको कतब्य पुरा हुनेछ।

भ्याक्सीन औषधि तयार पारेपछि डा. दासले भने – मैले मेरो काम गरे। सरकारले आफ्नो काम गरोस्। हो, पक्कैपनि सरकारले अब आफ्नो काम गर्नुपर्छ। स्यालुट छ – डा. ललितकुमार लाल दास…

प्रतिक्रिया दिनुहोस