• २०७७ कार्तिक १० गते सोमवार

नेकपा नेता प्रदीप ज्ञवाली सरकारका परराष्ट्रमन्त्री हुन् कि एमसीसीका प्रवक्ता ?

मैले एमसीसी अध्ययनसम्बन्धी नेकपा कार्यदलका सदस्य प्रदीप ज्ञवालीका १५ बुँदे फरक मत पढें ।

१. नेकपा नेता प्रदीप ज्ञवाली सरकारका परराष्ट्रमन्त्री हुन् कि एमसीसीका प्रवक्ता ? छुट्याउनै गाह्रो भयो । वार्षिक १० अर्बको लागि सिंगो सत्ता किन यति मरिमेटेर लागेको छ ? त्यसबारेमा बताउन प्रदीप ज्ञवाली असफल भएका छन् ।

२. के प्रदीप ज्ञवालीको निष्कर्ष अमेरिकी साम्राज्यवादको कठपुतली हुन स्वीकार गर्नु हो ? यदि होइन भने एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्ने बाध्यता किन आइलाग्यो ?

३. एमसीसीलाई संशोधन गर्नुपर्छ भनेर पनि भन्न नसक्ने अवस्थामा प्रदीप ज्ञवाली कसरी पुगे ? के एमसीसी विना ज्ञवालीको मन्त्री पद धरापमा परेको हो ?

४. निष्कर्ष : प्रदीप ज्ञवाली देशको परारष्ट्रमन्त्री होइन, एमसीसीको प्रवक्ता बनेका छन्, त्यसैले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट असंलग्न परराष्ट्रनीतिको संरक्षण हुन सक्दैन । उनले खुलमखुला असंलग्न परराष्ट्रनीतिको धज्जी उडाएका छन् ।

५. प्रदीप ज्ञवालीले भद्दा अभिनय गरिरहेका छन् । यसको निर्देशक केपी ओली हुन् भन्ने कुरामा कुनै दुविधा रहनु हुँदैन ।

एमसीसीको सन्दर्भमा कडा आन्दोलन गर्नुपर्छ र देशलाई अमेरिकी साम्राज्यवादको रणनीतिक साझेदार बनाउने षड्यन्त्रलाई परास्त बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस