• २०७७ कार्तिक ४ गते मङ्गलवार

मनकामना एकता फाउन्डेशनले हजारौं परिवारलाई राहत वितरण ग¥यो

मनकामना एकता फाउन्डेशन मुम्बईले बिभिन्न स्थानहरुमा राहत सामाग्री बाँडेको छ। शनिवार विरार, नालासोपारा, वसई, नायगावँ लगायतका ठाउँहरुमा लगभग ७० नेपाली परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको फाउन्डेशनले बताएको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण मुम्बईमा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) जारी छ। बन्दाबन्दी लम्बिएपछि रोजगारी गर्न आएका नेपालीहरु काम विहिन बनेका छन्। नेपालीहरुको रोजगारी ठप्प भएपछि उनीहरुको दैनिकीमा कतै न कतै समस्या देखिएको छ। दैनिकी सहज बनाउँन सामाजिक रुपमा सक्रिय मनकामना एकता फाउन्डेशनले हजारौं मुम्बईमा बसोबास गर्ने प्रवासी नेपालीहरुलाई राहत वितरण गरेको मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले जानकारी दिए।

मुम्बई निवासी – मनकामना एकता फाउन्डेशनका संरक्षक तथा नेपाल र नेपालीप्रेमी महेश जोशीको विशेष पहलमा भारतीय बिभिन्न संघ–संस्थासँग मनकामना एकता फाउन्डेशनले सहकार्य गरेर खाद्यान्न सामाग्री बाँडिरहेको छ।

फाउन्डेशनका अध्यक्ष न्यौपानेका अनुसार अहिलेसम्म मुम्बईका बिभिन्न शहरहरुमा १ हजार बढीलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ। फाउन्डेशनसँग अझैँ ६ सयभन्दा बढी खाद्यान्न सामाग्रीहरु वितरण गर्न तयारीमा छन्। मुम्बईमा बन्दाबन्दीका कारण अलपत्र परेका प्रवासी नेपालीहरुलाई खाद्यान्नका लागि सम्पर्क गर्न फाउन्डेशनका अध्यक्ष न्यौपानेले आग्रह गरेका छन्।

राहत वितरणमा मनकामना एकता फाउन्डेशनका अध्यक्ष मोतिलाल न्यौपाने, उपाध्यक्ष प्रेम पाण्डे, फाउन्डेशनका सहसचिव युवराज न्यौपाने, सल्लाहकार शालिकराम तिवारी, सदस्य तिल खड्का, अम्बिका तिवारी र लालमणी पार्खी लगायतकोे सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस