• २०७७ कार्तिक ६ गते बिहिवार

मन अनि दिमाग क्रान्तिको मोटर

मुम्बई (भायन्दर)। होम क्वनरेन्टाइनमा बसिरहेछु। चार भित्ताको कोठामा। न मेरो केही कानुन कसुर थियो, न मैले कानुन मिचेर कुनै अपराध गरेको थिए। तर, लाग्दैछ! जीवमा सजाय भोगिरहेछु। सजाय भोगिरहँदापनि मनले चाहेको खान पाइरहेछु। मन मिल्ने साथी, इस्ट–मित्र, आफ्न आफन्तहरुसँग कुरा गरिरहेछु। कहिले आफ्नो खबर सुनाउदै त कहिले उताको खबर सुन्दै – हाँस्दै बितिरहेछन् – दिन, घण्टा, अनि पल–पल समय।

यतिबेला विश्व अनि धर्तीका मानिसहरु नै आफ्नो–आफ्नो तरिकाले आफुलाई बन्दी बनाएर बसिरहेछन्। केही खुल्ला हावा खाने आसामा कतै बाँकी रहेका जीवनका पानाहरु रमाएर बिताउने आसामा। प्रकृतिको खेल भनौं वा मानब जातिको प्रकृतिमाथिको अत्याचार भनौं, सायद समय चक्रले घुमाएको चक्र हो आज न जिन्दगी घाम लाग्ने तर्फ छ – न जिन्दगी जुन लाग्ने तर्फ छ। छ – त केबल छाँया परेको पल्लो पट्टी…।

एक मनले सोच्दछ जन्मेदेखि मृत्युसम्मको दौडमा रुमलिएको जिन्दगीलाई केही सन्चो मिलिरहेछ। फेरि अर्को मनले सोच्दै छ, अझैँ भाग्न र दगुर्न धेरै बाँकी छ। जिन्दगीमा बिचमा किन यति धेरै थकाई मार्न लगाएको होल समय चक्रले।

यस्तै–यस्तै सोच्दै अनि चार दिवालको कोठामा थुनिएको दुईपांग्रे गाडीको दैनिकी भने ग्यारेजमा थुनेको चार पांग्रे गाडीभन्दा आफ्नो इन्जिनको काम बेग्र रुपमा चलिरहेको छ। डिजेल रुपी दाना पानी घण्टा बिरायर ट्यान्कीमा हाल्नुपर्ने। किलोमिटरका हिसावले नकुदे पनि इन्जिन सफा गरिरहनुपर्ने। बेला–बेला त गाडीको ब्रेक आएल फुस्किन खोज्दो रहेछ के–रे…।

अमेरिका, जापान, साउदी लगायत घुम्नपनि जान्छ मन मस्तिस्क। मनले भन्छ बिहान सबेरै उठ – दिमागले भन्छ सबेरै उठे दिन लामो हुन्छ अल्ली सुत – अझैँ समय बाँकी छ। मनले भन्छ बिहानको खाना समयमै खानुपर्छ नत्र पाचन प्रकृयामा गडबड आउछ तर, दिमागले भन्छ अली ढिलो खाना खादा दिन छोटो हुन्छ अनि दिन सजिलै कट्छ। मनले भन्छ दिउँसो खाना खाएर सुत्न हुँदैन, दिउँसो सुते राती निन्द्रा लाग्दैन – पेट बढ्छ तर, दिमागले भन्छ नसुतेर तेरो काम के छ – र? हुँदा हुँदै हल्का साँझ पर्छ अनि साँझ पख फेरी मन र मस्तिस्कको द्धण्द्ध चल्छ चाडै खाना खाएर सुत्ने कि चाडै खाना खाएर ढिलो सुत्ने। चाडै खाना खाएर चाडै सुत्दापनि त समस्या छ।

राती निन्द्रा बिउँझिएपछि फेरी सुत्न गाह्रो चाडै खाना खाएर ढिलो सुत्दा फेरि राती भोक लागेर निन्द्रा नलाग्ला भन्ने चिन्ता। एउटा यहाँ दिमागको पांग्रो अनि अर्को मनको पांग्रोलाई कुदाउने क्रममा बिच बाटोमा बेला–बेला आउँछ फेरि ढुङ्गासरी दिमागमा टक्क Work From Home बेला–बेला। पहिले पहिले भनिन्थ्यो पहिला काम अनि माम। कामको सिलसिलामा भने काम अनि माम नै हो अहिले पनि। तरपनि कहाँको मैदानमा गएर गर्ने काम ओछ्यानमा बसेर काम गरेपनि गरे जस्तो नहुँदो रहेछ। काम सकिन्छ फेरि, दिमागको इन्जिन दगुर्न थाल्छ। यसै–यसै गरी बितेका छन् दिन अनि रातहरु…

प्रतिक्रिया दिनुहोस