• २०७७ कार्तिक १३ गते बिहिवार

विदेशबाट आउनेमाथि सरकारको विभेद !

जहाजबाट आउँदा सम्मान,
स्थलमार्गबाट भित्रिदा अपमान !

श्रम बेच्न छिमेकी मुलुक भारत गएका नेपाली र श्रम बेच्नकै लागि तेस्रो मुलुक गएका नेपालीबीच सरकारले विभेद गरेको हो । सरकारले विमान चढेर स्वदेश आउने श्रमिक र भारतका विभिन्न सहरबाट बस, रेल चढेर वा पैदल हिँडेर सीमा क्षेत्रसम्म आइपुगेका नेपालीबीच विभेदपूर्ण व्यवहार गरेको हो ।

राज्यले विमान चढेर विदेशबाट आउने नागरिकलाई विशिष्ट र स्थलमार्ग हुँदै आउने नागरिकलाई ‘दर्जाहीन’ नागरिकको कोटीमा राखेर व्यवहार गर्छ भने हामीले परिकल्पना गरेको समाजवाद कस्तो हो भन्नेबारे बहसको खाँचो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस