• २०७७ कार्तिक ६ गते बिहिवार

नेबिसंघको आठबिस नगरपालिकालाई ध्यानाकर्षण पत्र

नेपाल बिद्यार्थी संघ आठबिस नगर कमिटी दैलेखको संयोजनमा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेपाल बिद्यार्थी संघ सम्बद्ध बिद्यार्थीहरुको संयुक्त निर्णय स्वरुप क्वारेन्टाइनमा राखिएका आठबिस नगरपालिका दैलेखवासी नागरिकहरुलाई जोखिम पुर्ण रुपमा आरडीटी मात्र गरेर घर पठाउने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरेको नेपाल बिद्यार्थी संघ केन्द्रीय आमन्त्रित सदस्य लोकेश आचार्यले जानकारी दिए।

संक्रमित पहिचानको भरपर्दो माध्यम पीआरसी बिधिबाट परिक्षण गर्न नेपाल बिद्यार्थी संघले आठबिस नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हो।

स्थानीय सरकारलाई सहयोग गर्न नेबिसंघ सम्बद्ध आठबिसको वडा वडामा रहेका बिद्यार्थीहरुको संजाल मार्फत सुरक्षित र जिम्मेवारी पुर्वक खट्ने निर्णय समेत गरेको नेपाल बिद्यार्थी संघ आठबिसले बताएको छ।

प्रतिक्रिया दिनुहोस