• २०७७ कार्तिक १० गते सोमवार

यी हुन् नेपालमै कोरोना बिरुद्ध खोप बनाउँने डा. दास

डा. ललित कुमार लाल दास रसायनशास्त्र बिषयमा बन बिज्ञान अध्ययन संस्थान हेटौंडामा सहप्रध्यापकको रुपमा अध्यापन गर्नुहुन्छ । कोभिड-१९, रोगको संसारमा भ्याक्सिन नभएको समाचारले उहाँमा केही गर्ने इच्छा जाग्यो । आजभन्दा करिव ७० दिन अघिबाट औषधि निर्माण सम्बन्धि बिभिन्न बिधि, कोरना भाइरस बारेको सुक्ष्म अध्ययन र भाइरससंग लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सक्ने वा भाइरसलाइ निष्क्रिय पार्न सक्ने औषधीको खोजमा लाग्नुभयो । ७० दिनको अनवरत अनुसन्धान पश्चात उहाँले रोगप्रतिरोधी क्षमता बढाउने ३ वटा नमूना र भाईरस निष्कृय पार्न Protein Denaturation गर्ने ६ वटा नमुना (लिक्विड फर्म) काे अवधारणा तयार पार्नु भएको छ । उप्रान्त उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि उहाँको नमूना प्रचलित पद्धति अनुसार परिक्षणमा जान्छ र त्यसले देखाउने प्रभावका आधारमा थप परिणाम आउनेछ । प्रयोगशालामा छलफल देखि आज केही बैज्ञानिकहरुसंग उहाँलाइ थप परामर्श गराइ NHRC संग समन्वय गर्ने काम भएको छ । द्रुत गतिमा यस कार्यको लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ । डा.दासको प्रयासले सफलता प्राप्त गरोस्। शुभकामना !!

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री शरदको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस