नेपाल न्यूज दैनिक पत्रिका प्रकाशन आरम्भ भएको दुई दशकपछि डिजिटल पत्रिकाको रुपमा अनलाइन संस्करणको रुपमा पाउँनु प्रवासी नेपाली तथा नेपालीभाषीहरुका लागि खुसीको समाचार हो।
देश तथा विदेशका समाचारहरु पत्रिकासँगै अनलाइनमा पनि पढ्ने अवसरप्रति नेपाल न्यूज दैनिकको व्यवस्थापन समूहलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु। भारत जस्तो विशाल मुलुकमा रहेरपनि नेपाली भाषा, कला र साहित्यको विकास र प्रवासी नेपालीहरुबीच समन्बय गर्ने तपाईहरुको भुमिका प्रसंसा योग्य छ।
नेपाल न्यूज दैनिकको अनलाइन यात्रा थप फलदायी र सकारात्मक हुनेछ। सम्पादक समूहले अप्ठ्यारो अवस्थामा पनि कर्तव्य र जिम्मेवारीबाट विमुख नभई स्वतन्त्र र मर्यादित पत्रकारिता गरेको सम्झना गर्दै, थप प्रगतिको कामना गर्दछु।
पत्रिकाको भारत प्रवासमा महत्वपूर्ण योगदान छ। यो योगदान कसैले पनि भुल्न सक्दैन। चुनौती नै चुनौतीकाबीच स्थपित भएको पत्रिकाले प्रवासी नेपालीहरुका भावनाहरु साटासाट गर्ने काम ग¥यो। भावनासँगै नेपालका हर सूचना तथा समाचारहरु समेत विशेष स्थानका साथ प्रकाशित गरेको कार्यप्रति मेरो उच्च सम्मान छ।