• २०७७ कार्तिक ११ गते मङ्गलवार

साझा सद्भाव समूह भारतद्धारा यात्रुहरुलाई स्वास्थ्य सामाग्री प्रदान

अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतले देशका बिभिन्न शहरहरुबाट नेपाल जाने यात्रुहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। यात्राका क्रममा पनि कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य सामाग्री प्रदान गरिएको अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतले जानकारी दिएको छ।

भारतका बिभिन्न राज्यहरुमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको समूहको तर्फबाट शुक्रवार मुम्बईको काश्मिरामा अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारत केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराई र केन्द्रीय सल्लाहकार महेश राज रेग्मीले यात्रुहरुलाई ग्लोब, मास्क र स्यानिटाइजर प्रदान गरेका हुन्।

कोरोना महामारीका समयमा यात्रा गरिरहेका यात्रुहरुको आत्मबल बढाउन आफूहरुले स्वास्थ्य सामाग्री प्रदान गरेको अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतका केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराईको भनाइ छ।

अहिलेको अवस्थामा सुरक्षित रहन र उपयोगी स्वास्थ्य सामाग्रीहरु अपनाउन आफुहरुले यात्रुहरुलाई स्वास्थ्य सामाग्री सहयोग तथा सचेत बनाउने काम गरेको सद्भाव समूह भारतका केन्द्रीय सल्लाहकार रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस