• २०७७ माघ ९ गते शुक्रवार

सामाजिक दुरी कायम राखौं – सुरक्षित रहौं !

कोरोना भाइरस यतिबेला संसारभर फैलिएको छ। यो अब नयाँ विषयका रुपमा रहेछ। नेपालमा पनि दिनप्रतिदिन यसको आकार फैलिरहेको छ। कोरोनाबाट बच्न चौतर्फी सचेत बनौं – तर, कोरोनाबाट नडराउँ। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको कोरोना महामारी पछिल्लो समय भारतमा डरलाग्दो रुप लिएको छ। कोरोनाले डरलाग्दो रुप लिएपछि आम मानिसहरु सुरक्षित रहनु नै मुख्य बिकल्प हो। इम्युनिटीको कमीले गर्दा समाउने यो रोग सबैलाई थाहा नै छ।

गाउँतिर गाई, भैसी पाल्ने चलन छ। बारीमा हरियो फलफूल, तरकारीको कमी पनि छैन। विशेषगरी पहाडी इलाकामा बसोबास गर्नेहरुलाई दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह छ – परदेशबाट गाउँ पुग्नेहरुलाई कोरोनाका रुपमा हेर्नुहुदैँन। क्वारेन्टाइनमा बसेकाहरुलाई दही, दुध, हरिया तरकारीहरु रायो, बसाले लगायत सागपातहरु खाने व्यबस्था गरियो भने निकै राम्रो हुनेछ।

कोरोना रोग हो – यस बारेमा सबैलाई जानकारी नै छ। यसबाट जरुर बच्न सकिन्छ। कोरोना संक्रमण हुदैँमा मरिदैन। यदि, कोरोना संक्रमण भएपनि आत्मबल बलियो बनाउँहोस्। कोरोनाका लागि आत्मबल नै पहिलो औषधीको रुपमा बुझिएको छ। बिरामीलाई घृणा गर्नुहुदैँन। उहाँहरुको मनोबल उच्च बनाउने प्रयास थाल्नुहोस्। मुख्यतः सामाजिक दुरीलाई पहिलो स्थानमा राखौं। जहाँ पुग्दापनि दुरी कायम गरौं। सुरक्षित रहौं – सबैको जय होस्।

प्रतिक्रिया दिनुहोस