• २०७७ कार्तिक ३ गते सोमवार

नयाँ दिल्लीमा एक नेपाली युवकको खान नपाएर मृत्यु

भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु भएको छ।

नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १८ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले जानकारी दिए। 

रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए। यो समाचार नेपालखबरमा शैलेन्द्र महतोले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस