विश्व कोरोनासँग लडिरहेको छ। मेरो देशका जनताहरू भोकभोकै मर्दैछन्। हाम्रो देशको क्वारेन्टाइनको स्थिति नाजुक छ। नामको मात्रै करोन्टाईन छ। गाई, भैसी र बाख्रा गोठमा थुनेजस्तै जनतालाई राखिएको छ।
क्वारेन्टाइनमा कुनै सामाजिक दुरी छैन। कुनै राम्रो ब्यवस्थापन छैन। क्वारेन्टाइनमा बसेका जनतालाइ चेक गर्ने पीसीआर तथा आरडीटी किट छैन। देश कोरोना त्रासमा बाँचिरहेको बेलामा भने राष्ट्रिपति कार्यालयमा लाखौंको गलैचा फेर्दैछन् – नेताहरू राष्ट्रघाती एमसीसी प्रोजेक्ट पास दाउँ हेरिरहेका छन्।
दुई तिहाईको संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरु भ्रष्टाचार मै मस्त छन्। महामारीमा पनि भ्रष्टाचारमा डुब्ने नेताहरुबाट कसरी देश समृद्ध बन्छ – अहिलेको मुख्य प्रश्न?
देशमा करोनाको कहर बढिरहदा, ती तहका सरकारले ब्यवस्थित ढङ्गले जन्तालाई कोरोनाबाट बचाउन छाँडेर कानमा तेल हालेर सुतेका छन्। कोरोना भाइरस दिनानुदिन फैलिरहेको छ। सरकार मौन देखिन्छ।
देशमा कुनै रोजगार छैन। राष्ट्रपतिलाई डेढ अर्वको हेलिकप्टर, १८ करोड़को गाडी चाहिन्छ। उता जनता भने भोगभोकै मरिरहेका छन्। जनताको लागी ब्वारेन्टाइन बनाउनुको साटो, यो माहामारीको समयमा १ करोडको गलैचा फेर्न बजेट छुट्याउने कस्तो विडम्बना छ। जनता भोक र रोगले आक्रान्त भएपनि, गरिबी, भ्रष्टाचार, हत्या–हिंसा, अन्याय र अत्याचार देशमा रजगज छ।
यस्तो अवस्थामा युवाहरुको भुमिका मुख्य हुन्छ। जागौ युवाहरू आआफ्नो ठाउँबाट, उठौ बेलैमा – होस् पु¥याउँ। नेपाली जनतालाइ विदेशीको गुलाम हुनबाट बचाउँ।