• २०७८ साउन १२ गते मङ्गलवार

म्यान्मारबाट २६ नेपाली स्वदेश फर्किए

म्यान्मारबाट शुक्रबार २६ जना नेपाली स्वदेश फर्किएका छन्।

लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किएकाे यो पहिलो समूह हो। उनीहरूलाई म्यानमार सरकार र नेपाली दूतावासको पहलमा स्वदेश फर्काइएकाे हाे। 

म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर उनीहरुलाई नेपाल ल्याएकाे छ। विमान केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। बिएल नेपाली सेवामा समाचार प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस