• २०७७ कार्तिक १२ गते बुधवार

रुकुम घटना मानबअधिकार बिरुद्धको गम्भीर अपराध होः भारतीय समाज कल्याण मन्त्री आठवले

रुकुम घटनाका दोषीलाई कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन अन्तर्राष्ट्रिय दबाब बढाउन दलित अधिकारकर्मीहरुले चौतर्फी अभियान थालेका छन्।

जनयुद्धको उद्गम थलो तथा आधुनिक युगमा पनि जातिय हिंसा जस्तो गम्भीर अपराधलाई राजनीति आस्थाका कारण ओझेल पार्ने अवस्था देखेपछि अन्तर्राष्ट्रिय दलित अगुवा तथा संघ–संस्थाहरुको ध्यान केन्द्रीत गर्ने अभियानमा लागेको दबाब बढाउनुपर्ने मिशन आंबेडकर नेपालका भारत संयोजक प्रवीणसिंह विकले जानकारी दिएका छन्। उनीहरुले भारतीय मन्त्री, पूर्वमन्त्री र सामाजिक संघ, संगठनका अग्रज दलित अधिकारकर्मीहरुसँग सम्पर्क तथा रुकुममा भएको घटनाबारे जानकारी दिने काम सुरु गरेका हुन्।

दलित अगुवा तथा भारत सरकारका केन्द्रीय समाज कल्याण न्याय मन्त्री रामदास आठवले समेत रुकुमको हिंसालाई गम्भीर रुपमा लिएका छन्। उक्त हिंसालाई मन्त्री आठवले मानबअधिकार बिरुद्धको गम्भीर र असामान्य अपराध भएको बताएका छन्। भारत सरकारको लोकसभा र राज्यसभा अधिवेशनमा रुकुम घटना प्रष्ट रुपमा उठाउने र जातिय हिंसा अन्त्यका लागि दलित समुदाय एकजुट हुनुपर्ने उनले बताए। समाज कल्याण न्याय आठवलेले जातिय हिंसा बिरुद्ध कठोर एकजुट भएर लाग्न संसारभरका दलित समुदायलाई समेत आग्रह गरेका छन्।

भारतका केन्द्रीय समाज कल्याण न्याय मन्त्री आठवलेलाई रुकुम घटनाबारे तथ्यगत जानकारी मिशन आंबेडकर नेपालका संस्थापक अध्यक्ष मनोज जैगडी र भारत संयोजक प्रवीणसिंहले दिएका हुन्।

प्रतिक्रिया दिनुहोस