• २०७७ कार्तिक १५ गते शनिवार

मुम्बईबाट आए तर टेक्न पाएनन् घरको आँगन

सुर्खेतमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो समाचार सेतोपाटीमा दिपकजंग शाहीले लेखेका छन्।

बुधबार राति पञ्चपुरी नगरपालिका-१ स्यानीडाँडाका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। उनको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले गरेको छ।

बिहीबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए।

रोजगारीका लागि भारत गएको ती युवा जेठ ९ गते पञ्चपुरी पुगेका थिए। उनी भारतको मुम्बईबाट रुपैडिहा नाका हुँदै सुर्खेत आएको पञ्चपुरी नगरपालिकाकी उपमेयर मुक्तिदेवी रेग्मीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस