• २०७७ कार्तिक ११ गते मङ्गलवार

कांग्रेस नेता जीवनबहादुर शाहीले फिर्ता गरे गाडी

नेपाली कांग्रेस नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका छन् ।

महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता शाहीले प्रदेशसभामा उनले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको घोषणा गरेका थिए । उनले साँझ नै गाडी बुझाएको संसद सचिवालयले जनाएको छ ।

गरीब प्रदेशका मन्त्री, सांसदहरूले महङ्गा गाडी चढेको भनेर चौतर्फी आलोचना हुने र मुख्यमन्त्री, मन्त्री, सबैले गरीब प्रदेश भन्ने गरेपछि आफूले सुविधावापत पाएको गाडी फिर्ता गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस