• २०७७ कार्तिक ४ गते मङ्गलवार

फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सहज छैनः घनश्याम भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सामाजिक सन्जालमा लेखेजस्तो मन्त्रालय चालउन र काम गर्न नभएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले मन्त्रालय र सरकारका कामबारे सामाजिक संजालमा लेखेजस्तो सजिलो नहुने अनुभव सुनाएका थिए।

नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरूको बिक्री गर्न नसकेको स्वीकर गरेका छन्। त्यो बिक्री गर्न कठिन भएको उनको भनाइ छ। उनले पहिला आफूलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस