• २०७७ कार्तिक ६ गते बिहिवार

मूल प्रवाहद्धारा तारापुरमा राहत वितरण

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मुम्बई तारापुर नगर समितिले आइएमई कम्पनीको सहयोगद्धारा २५ परिवारलाई राहत वितरण गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण भारतकामा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) जारी छ। बन्दाबन्दी लम्बिएपछि रोजगारी गर्न आएका नेपालीहरु काम विहिन बनेका छन्।

खाद्यान्नको अभाव भएपछि प्रवासी नेपाली परिवारलाई आइएमई कम्पनीको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरेको हो।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कवँरले मुम्बई तारापुरका प्रवासी नेपालीहरुलाई राहत वितरण गरेका हुन्। उक्त राहतका लागि बेद बहादुर कार्कीले पहल गरेका थिए।

प्रतिक्रिया दिनुहोस