• २०७७ चैत्र २९ गते आइतवार

सबै खाले बिभेदको अन्त्य गरौं – सु-संस्कृत समाजको निर्माण गरौं !

हालै ६ जना यूवाहरुको ज्यान लिने गरी रुकुममा भएको घटनाप्रति घोर निन्दा गर्दछु। आजको एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग-उपल्लो बर्गको नाममा हत्या हिंसा हुने हो भने हामीले २००७ साल देखि सबैखाले बिभेदको अन्त्यको लागि गरेको क्रान्ति, आन्दोलन, जनआन्दोलन के का लागि?

यस घटनालाई कुनैपनि राजनीतिक दलहरुले राजनीतिक रंग नदिई सत्य – तथ्य खोजविन गरी, जो जसको संलग्नता भएपनि निष्पक्ष छानबिन गरि दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु। साथै देशमा भईरहेको बलात्कारको घटना, छुवाछुतको नाममा भएको घटना लगायतका सबै प्रकारका बिभेद तथा कूरितिको नाममा भएको घटनाको दोषिलाई मृत्युदण्ड दिने कानून ल्याउन पनि सरकारलाई आग्रह गर्दछु।

सबै खाले बिभेदको अन्त्य गरौं। सु-संस्कृत समाजको निर्माण गरौं। जय नेपाल।

(कांग्रेस नेेतृ काेइरालाले फेसबुकमा लेखेकी छिन्।)

प्रतिक्रिया दिनुहोस