भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको विवादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्याउन नहुने बताएका हुन्।
भारत र नेपाल दुई राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै योगीले भने, ‘धेरै शताब्दीदेखि दुवै देशको सांस्कृतिक,ऐतिहासिक र पौराणिक सम्बन्ध छ। नेपालले यसलाई बिर्सन हुँदैन।’