• २०७७ कार्तिक १४ गते शुक्रवार

भारतले विदेश जाने श्रमिकका हकमा स्वीकृति खोल्यो

भारत सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा श्रम स्वीकृति खुलाएको छ ।

भारतमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भए पनि वैदेशिक रोजगारीमा जाने कामदारसँगै अध्ययन र अन्य पेसाका लागि विदेश जानेका लागि श्रम स्वीकृति सुरु गर्ने निर्णय गरेको हो ।

भारतको गृह मन्त्रालयले विदेश मन्त्रालयलाई पत्राचार गर्दै ग्रीन कार्डबाहक, कम्तीमा ३ महिनाको आवासीय भिसा रहेका भारतीय नागरिक, अध्ययनका लागि जाने विद्यार्थी, वैदेशिक रोजगारी, इन्टर्नसिप, उच्चशिक्षा अध्ययनका लागि भर्नालगायतका काममा जाने नागरिकलाई अनुमति खुल्ला गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस