• २०७७ कार्तिक ९ गते आइतवार

‘चेल्सीमा बस्नु भगवानको चाहना’

ओलिभर जिर्रोडले भगवानकै चाहनाले आफु चेल्सीमा बसेको बताएका छन् । उनले अर्को एक सिजन चेल्सीमै रहेन सम्झौता गरेका थिए । ३३ वर्षे जिर्रोडले जनवरीमा क्लब छाड्न चाहेका थिए । युरो कपका लागि डिडिएर डेसच्याम्पको फ्रान्सेली टोलीमा नियमित रुपमा पर्नका लागि पनि बढी मौकाको खोजीका लागि चेल्सी छाड्न चाहन्थे ।

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडविरुद्धको खेलमा जिरोर्डले पहिलो रोजाईमा परेनन् । तर, जति बेला उनले मौका पायो त्यो खेलमा प्रभाव छाडे । त्यो खेलमा चेल्सी विजयी भएको थियो । युनाइटेडलाई हराएपछिका ५ खेलमा प्रशिक्षक फ्रान्क लाम्पार्डले उनलाई मौका दिए ।

कोरोना भाइरस कोभिड १९ का कारण मार्च १३ प्रिमियर लिग रोकिनु अघि जिर्रोडले घरेलु मैदानमा टोटनहम र एभर्टनविरुद्ध गोल पनि गरेका थिए । लगातारको उच्च प्रदर्शन पछि त्यसको फलस्वरुप उनले अर्को सिजनको अन्त्य सम्मका लागि सम्झौता नविकरणको मौका पाए ।

प्रतिक्रिया दिनुहोस