• २०७७ कार्तिक १० गते सोमवार

प्रिमियर लिग फर्केने काउटिन्होको चाहना

लिभरपुलबाट बार्सिलोना पुगेका फिलिप्पे काउटिन्हो पुनः प्रिमियर लिग क्लब नै फर्कन चाहिरहेको बताइएको छ । ब्राजिलियन मिडफिल्डर अहिले लोनमा बायर्न म्युनिखमा छन् । बायर्नले स्थाई रुपमा क्लबमा राख्ने नचाहेपछि सिजनको समाप्तीसँगै उनी बार्सिलोना फर्कनेछन् ।

दुई वर्षअघि उच्च अपेक्षाका साथ बार्सिलोनाले भित्राइएका काउटिन्होले त्यहाँ भने प्रभाव पार्न सकेनन् । उनलाई भित्राउनका लागि बार्सिलोना ठूलो मुख्य खर्च गरेको थियो । बार्सिलोना पनि नयाँ सिजनका लागि उनीलाई बिक्री गरेर कमाई गर्न चाहि रहेको चर्चा चलिरहेको छ । लिभरपुल र ब्राजिलियन टोलीबाट उनले विगतमा देखाएको प्रदर्शन बार्सिलोना भने देख्न नसकिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस