• २०७७ कार्तिक ४ गते मङ्गलवार

भण्डारी दाजुभाईको पहलमा ८१ जना प्रवासीहरु नेपाल पुगे

मुम्बईमा अलपत्र परेका ८१ जना प्रवासी नेपालीहरुलाई उद्धार गरिएको छ। पाल्पा, स्याङ्जा र नवलपरासीका ८१ जना नेपाली नागरिकलाई उद्धार गरेको आ–आफ्नो जन्मभूमि पठाइएको हो।

मुम्बईबाट उद्धार गरिएका नागरिकहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन्।
सागर भण्डारी र शलिकराम भण्डारीको पहल तथा मन्त्री पद्मा अर्याल र नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसादले नेपालबाट आवश्यक प्रवन्ध गरेका थिए।

आफुहरु अहिले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको र सवै प्रक्रिया पुरा गरेपछि मात्रै घर जान पाइने भएकाले धेरै खुशी लागेको उनीहरुले बताए।

प्रतिक्रिया दिनुहोस