• २०७७ कार्तिक ९ गते आइतवार

अनलाइन यात्रा सुखद र सफल होस् – शुभकामना

संचारमाध्यम समयको बोली हो। हर क्षेत्रमा संचारको महत्वपूर्ण भुमिका हुन्छ। विश्व परिवेशलाई हेर्ने हो भनेपनि राजनीति वा आर्थिक परिवर्तनमा संचारमाध्यमको उल्लेखनीय भुमिका छ। छापा, रेडियो र टेलिभिजनसँगै प्रविधिले फड्को मारेको छ। अहिले अनलाइन संचारको युग हो। पछिल्लो समय युवा पुस्ताको हकमा पनि पत्रपत्रिका, रेडियो, टेलिभिजनभन्दा अनलाइनमा धेरै रुचि देखिन्छ। यसकारण पनि नेपाल न्यूज दैनिक डटकमको यात्रा सुन्दर र प्रगतिशील हुनेछ।

नेपाल न्यूज दैनिक पत्रिकाको भारत प्रवासमा निकै नै महत्वपूर्ण योगदान छ। यो योगदान कसैले पनि भुल्न सक्दैन। चुनौती नै चुनौतीका बीच स्थपित भएको पत्रिकाले प्रवासी नेपालीहरुका भावनाहरु साटासाट गर्ने काम ग¥यो। भावनासँगै नेपालका हर सूचना तथा समाचारहरु समेत विशेष स्थानका साथ प्रकाशित गरेको कार्यप्रति मेरो उच्च सम्मान छ।

दुई दशकपछि छापा पत्रकारिताको सुनौलो अनुभवबाट अहिले अनलाइन संस्करणमा nepalnewsdainik.com प्रकाशनको खबरले खुसी लागेको छ। डिजिटल पत्रिकाको ब्यवस्थापन र सम्पादकीय समूहलाई धेरै बधाई तथा शुभकामना छ। आगामी यात्रा सुखद र सफल होस् – पुनः शुभकामना।

प्रतिक्रिया दिनुहोस