भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय संचारमाध्यमको एक संवादमा नेपालसँगको सीमा विवाद वार्ताबाटै हल गर्न सकिने दोहोर्याएका छन्। रक्षामन्त्री सिंहले ‘नेपालसँगको सम्बन्ध सधैं दाजुभाइको जस्तो रहेको उल्लेख गर्दै कहिलेकाहीँ दाजुभाइमा मतभेद देखिनु स्वाभाविक भएको बताए।
‘हाम्रो नेपालसँगको सम्बन्ध दाजुभाइको जस्तो हो, परिवारमा दुई दाजुभाइबीच कहिलेकाहीँ मुखामुख हुन्छ, त्यो ठूलो कुरा होइन र सँगै बसेर छलफल गरेपछि हल निस्किहाल्छ,’ – मन्त्री सिंहले भने ।