• २०७७ कार्तिक १२ गते बुधवार

अनलाइन यात्रा स्वतन्त्र र मर्यादित बनोस्

प्रवासी नेपालीहरुको लोकप्रिय पत्रिका नेपाल न्यूज दैनिक अनलाइन माध्यममा प्रकाशित गरेकोप्रति सम्पादक समूहलाई बधाई तथा शुभकामना छ। लामो पत्रकारिताको अनुभव र २ दशकदेखि महाराष्ट्रका नेपालीहरुको मन – मनमा बस्ने अवसर आफैमा चुनौतीपूर्ण थियो। तर, नेपाल न्यूज दैनिक बिभिन्न संकटहरु पार गरेर स्थापित भएको सबैमा जानकारी नै छ।

महाराष्ट्र – गुजरातमा पत्रिकाले गरेको महत्वपूर्ण योगदान प्रवासी नेपालीहरुका लागि सधै स्मरणीय रहनेछ। कुनै समय नेपालका समाचारहरु पढ्ने एकमात्र माध्यम नेपाल न्यूज दैनिक थियो। आजको दिनमा पनि पत्रिकाको उतिकै ओज छ। दुनियाँ डिजिटलमा यात्रारत भएसँगै अब नेपाल न्यूज दैनिक अनलाइनमा पढ्ने अवसर पाउँदा खुसी लागेको छ।

झन्– अहिलेको आवश्यकता सामाजिक दुरी कायम गरी महामारीलाई परास्त गर्नुपर्ने, बन्दाबन्दी कै कारण घरमै बस्नुपर्ने भएकाले पनि नेपाल न्यूज दैनिकको अनलाइन यात्रा थप फलदायी र सकारात्मक हुनेछ। सम्पादक समूहले अप्ठ्यारो अवस्थामा पनि कर्तव्य र जिम्मेवारीबाट विमुख नभई स्वतन्त्र र मर्यादित पत्रकारिता गरेको सम्झना गर्दै, थप प्रगतिको कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस