• २०७७ कार्तिक ६ गते बिहिवार

अटेर लडोस् अनलाइन न्यूजको भिडमा

प्रवास र प्रवासीको माझमा आफ्नो अदम्य पहिचान बनाएको नेपाल न्यूज दैनिक पत्रिकाको अनलाइन संस्करणले पनि दैनिक पत्रिका झैँ पाठकको अपार माया र सद्भाव पाउनेमा कुनै दुबिधा छैन।

संकटले निम्त्याको सहजता भनौं वा समयसँगै आफुलाई परिवर्तनशील बनाउने सम्पादक समूहको लगनशीलता भनौं, परिवर्तित समयसँगै आफुलाई पनि परिवर्तित राख्न सबैलाई जरुरी छ। चाहे त्यो मानिस हो या बस्तु यदि परिवर्तन हुन कठिन भयो वा परिबर्तन हुन नै चाहेन भने त्यसको अस्तित्व मेटिने निश्चित पराय छ – यो दुनियाँमा।

भारतमा रहेका प्रवासी नेपालीहरु दुइ वर्गका छन्, एक जसको हातमा एण्ड्रोइड मोबाइल छैन र भएर पनि चलाउन नसक्ने र अर्को यस्तो वर्ग छ जसको बानी नै अनलाइन वा फेसबुक बनी सकेको छ। जसले देश दुनियाँका हरेक खबर समाचार औँलाको भरमा पढ्न र जान्न चाहन्छ। दैनिक पत्रिका पब्लिकेशनको सफलतालाई अनबरत रुपमा कायम राख्दै नेपाली कला संस्कृति, विचारलाई अनलाइन मार्फत पाठक वर्गबीच पु¥याउने चेस्टा गर्ने सम्पादक समूहलाई सदैब हौसला मिलिरहोस्।

देशका खबरलाई विदेश अनि विदेशका खबरलाई देशसम्म पु¥याउने माध्यम, हिजो भारतको महाराष्ट्रमा मात्रै सिमित पहुँच रहेको पत्रिका, अब विश्वमा रहेका हरेक नेपालीको माझमा पुग्दै हरेक नेपालीको प्रखर र प्रिय पत्रिका बनोस्, सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस