• २०७७ कार्तिक १३ गते बिहिवार

प्रवासी नेपाली संघले भोकभोकै बसेका प्रवासी नेपालीलाई बचायो

प्रवासी नेपाली संघ भारतले तमिलनाडू पुदुचेरी राज्यमा भोकभोकै बसेका प्रवासी नेपालीलाई बचाउन सफल भएको छ। प्रवासी नेपाली संघ भारत तमिलनाडू पुदुचेरी (पाण्डेचेरी) संयुक्त राज्य समितिद्वारा कोभिड–१९ ले गर्दा गाँसबाँस, रोजगारी गुमाएका ४० घरपरिवारका २२८ जनालाई खाद्यान्न लगायतका सामग्री सहयोग वितरण गरेर, उनीहरुलाई बचाउन सफल भएका हुन्।

रोजगार गुमाउनेमा धेरै जसो होटेल, ढावा, चाइनिज ठेला, घरखाता, सुरक्षा, स–साना मझौला उद्योग ठेक्कापट्टा, मजदुरी गर्ने लगायतका अलपत्र परेका प्रवासी नेपाली मजदुरहरु रहेका छन्। प्रवासी नेपाली संघ भारत तमिलनाडू पुदुचेरी राज्य समितिले नेपाल सरकार र भारत स्थित नेपाली दुतावाससम्म आवाज पु¥याउन आग्रह गरेको छ।

प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिका सल्लाहकार टीका पौडेलको रोहबरमा विपत व्यवस्थापन समिति गठन गरिएको थियो। अलपत्र प्रवासी नेपालीहरुलाई सहयोग गर्न राज्य समितिका अध्यक्ष कृष्ण पोख्रेलको संयोजकत्वमा विपत व्यवस्थापन कोष गठन गरिएको समितिमा दुर्गादत्त पौडेल, तेजेन्द्र प्रसाद शर्मा, सिमा न्युरे कृष्ण केसी, राम प्रसाद शर्मा, दिपक पौडेल, शिव लामिछाने, राम्रचन्द्र पौडेल, शितल परियार लगायत सबै नेता–कार्यकर्ताहरुको सदस्य रहेको सहयोगमा ८० हजार जम्मा भएको केन्द्रिय सदस्य तथा राज्य सचिव दुर्गादत्त पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस