बलिउड अभिनेत्री मनीषा कोइराला जन्मभूमि नेपाल पुगेकी छिन्। लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएकी नेपाली नागरिक कोइराला एक्कासी नेपाल पुगेकी हुन्।
अहिले नेपाल–भारत सीमा विवाद जारी छ। केही दिन पहिले नेपाल सरकारले जारी गरेको नयाँ नक्सा अभिनेत्री कोइरालाले सर्मथन गर्दा, भारतीय मिडियाको चर्को आलोचना खेप्नु परेको थियो।
कोरोना भाइरसका कारण नेपाल–भारतमा लकडाउन जारी भएकै बेला अभिनेत्री कोइरालाको परिवार नेपाल पुग्नुलाई भने विशेष अर्थका रुपमा हेरिएको छ।