• २०७७ कार्तिक ४ गते मङ्गलवार

कपिल शर्माले छोरीसँगको फोटोमा लेखे ‘स्टे होम’

कोरोनाको कारण फिल्म तथा सिरियलको सुटिङ रोकिएको छ। यो समय स्टारहरु परिवारसँग समय बिताइरहेका छन्। प्रायः सुटिङमा व्यस्त रहने कमेडियन कपिल शर्मामा पनि यो लकडाउनको समय छोरी अनायरासँग समय बिताइरहेका छन्। 

हालै कपिलको छोरीसँगको केही तस्बिर बाहिर आएको छ। जसमा अनायराका साथ कपिल रमाइरहेको देख्न सकिन्छ, भने कपिलले हातमा एक किताव पनि लिएका छन्।

केही तस्बिरमा अनायरा एक्लै पनि देख्न सकिन्छ। तस्बिरका साथ स्टे होमको म्यासेज पनि लेखिएको छ। तस्बिरमा अनायर निकै क्युट समेत देखिएकी छन्। फ्यानले यी तस्बिरहरु रुचाएका छन्। 

कपिलकी श्रीमती गिन्नीले गत १० डिसेम्बरमा अनायराको जन्म दिएको थिइन्। कपिल पछिल्लो समय धेरै जसो छोरीको साथको तस्बिर सार्वजनिक गर्ने गर्दछन्। 

प्रतिक्रिया दिनुहोस