• २०७७ कार्तिक ४ गते मङ्गलवार

भाषा, कला र साहित्यमा महत्वपूर्ण योगदान छ

लोकप्रिय पत्रिका नेपाल न्यूज दैनिक अब अनलाइनमा पढ्न पाउँदा निकै नै खुसी महसुस गरेको छु। छापा पत्रकारिताको लामो अनुभव अब अनलाइनमा प्रयोग गर्ने सम्पादक समूहको निर्णय पाठक वर्गका लागि शुभ खबर हो।

देश तथा विदेशका समाचारहरु पत्रिकासँगै अनलाइनमा पनि पढ्ने अवसरप्रति नेपाल न्यूज दैनिकको व्यवस्थापन समूहलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु। भारत जस्तो विशाल मुलुकमा रहेरपनि नेपाली भाषा, कला र साहित्यको विकास र प्रवासी नेपालीहरुबीच समन्बय गर्ने तपाईहरुको भुमिका प्रसंसा योग्य छ।

डिजिटल पत्रिका नेपाल न्यूज दैनिकको अबको यात्रा सम्झनालायक र सुखद होस्। दुई दशकको सिकाईले समेत पत्रकारिताको मुल्य – मान्यताभित्र रहेर जिम्मेवार प्रवासी पत्रकारिताको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस