• २०७७ कार्तिक ९ गते आइतवार

विशेष सम्पादकीयः नेपाल न्यूज दैनिक डटकम

प्रवासी नेपालीहरुको सर्वाधिक लोकप्रिय नेपाली पत्रिका – नेपाल न्यूज दैनिकले प्रवासी मनहरुको आवाज बोल्न थालेको दुई दशक पुगेछ। हाम्रा लागि यो अवसर गर्बलाग्दो इतिहास हो। नयाँ माध्यम रोजेका छौं। नेपाल न्यूज दैनिक पत्रिकासँगै अब अनलाइनमा पनि पढ्ने व्यवस्था गरेका छौं। उत्कृष्ट, निष्पक्ष, रोचक र जिम्मेवार पत्रकारिताको प्रयोग हाम्रो लागि नयाँ होइन। हामी इमान्दार र प्रवासी नेपालीहरुको हक, अधिकार वा सुख, दुःखको यात्रामा सँगसँगै यात्रारत छौं।

कुनै समय घरदेशका समाचार परदेशमा पढ्ने वा सुन्ने माध्यम नेपाल न्यूज दैनिक पत्रिका मात्रै थियो। विस्तारै राजनीतिक परिवर्तनसँगै प्रविधिले पनि फड्को मा¥यो। हात–हातमा फोन र फोन–फोनमा इन्टरनेटको विकास भयो। समाजको सार नै नयाँ रुप हो। समाज फेरिएसँगै संघ, संस्था वा मानिसका काम र कर्तब्य पनि फेरिन्छन्। देशमा अनेकन राजनीति वा सामाजिक आन्दोलनका स्वरुपहरु फेरिदा, पक्कैपनि पत्रिकाको भूमिका फेरियो। नेपाल न्यूज दैनिकको जिम्मेवारी र कामहरु पाठकप्रति नै समर्पित हुन्छन्।

पत्रकारिता आवाज विहीनहरुको आवाज हो। प्रवासमा नेपाली पत्रकारितामार्फत भाषा, कला, साहित्य र संगीतप्रति नेपाल न्यूज दैनिक पत्रिकाले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ। प्रवासी नेपालीहरुको एकता र मातृभूमिप्रतिको मायालाई पत्रकारिताको माध्यमबाट विशेष भुमिका र पाठक वर्गको सद्भावलाई हामी कहिल्यै भुल्ने छैनौं। हामी अहिले जहाँ छौं – प्रवासी नेपाली पाठकहरुकै कारण स्थापित छौं। पाठक माझ हामीहरु मोबाइल एप मार्फत चाडै नै जोडिने जानकारी समेत गराउँदछौं।

अब नेपाल न्यूज दैनिक डटकम संसारभर एकतावद्ध भएर बसोबास गर्ने नेपाली र नेपालीभाषीहरुको माझ पल–पलको समाचारको साथी हुनेछ। जनपक्षिय पत्रकारितालाई भविश्यमा पनि पाठक, सुभेच्छुक तथा विज्ञापनदाता लगायत सबैबाट सहयोगको अटल विश्वास गरेका छौं। हाम्रो सहकार्य अमेरिकी मिडिया कम्पनी Breaknlinks.com सँग रहनेछ र यसले विश्वभरका सबै भाषा र सबै मानिसहरुलाई जोड्ने प्रयास गर्नेछ। अब परदेशदेखि घरदेशसम्म मात्र – www.nepalnewsdainik.com


सम्पादक
नेपाल न्यूज दैनिक
डटकम

प्रतिक्रिया दिनुहोस