• २०७७ कार्तिक १५ गते शनिवार

संयुक्त नेपाली महासंघ मुम्बईमार्फत अलपत्र नेपालीलाई राहत वितरण

संयुक्त नेपाली महासंघ गोरेगाउँ शाखाले अलपत्र परेका नेपालीहरुलाई राहत वितरण गरेको छ। कोरोना भाइरस संक्रमणको त्रासले महाराष्ट्र राज्यमा लामो समयदेखि लकडाउना जारी छ। लकडाउन लम्बिएपछि यहाँ कार्यरत प्रवासी नेपालीहरु अलपत्रमा परेका छन्।

महासंघ मुम्बई, गोरेगाउँ शाखाले जोगेश्वरी पश्चिमको बेहरामबाग, प्रेमनगर, गोरेगाउँ पूर्व, गोरेगाउँ पश्चिम, लक्ष्मीनगर भगतसिगनगर लगायत स्थानमा अलपत्र नेपालीहरुलाई राहत वितरण गरेको छ। महासंघ गोरेगाउँले लकडाउनका कारण अलपत्र परेका ३० देखि ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको संयुक्त नेपाली महासंघ मुम्बईका अध्यक्ष भरत रावलले जानकारी दिए।

राहत वितरणमा गोरेगाउँ शाखा नेत्रलाल गैरे, केन्द्रिय नवनिर्वाचित अध्यक्ष देवेन्द्र विक्रम शाह, केन्द्रिय सल्लाहकार रवि भट्टराई, काशी पाण्डे, राम कार्की, शाखा सचिव रामलाल पन्त, शाखा सल्लाहकार प्रमुख यज्ञ भुसालको उपस्थिति रहेको थियो।

संयुक्त नेपाली महासंघ केन्द्र र शाखाद्धारा मुम्बईमा नेपालीहरुको लागि राहत वितरण कार्य जारी छ। अलपत्र नेपालीहरुलाई खाद्यान्न सामग्री आवश्यक परेमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस