• २०७७ कार्तिक ९ गते आइतवार

व्यवसायी कोइरालाको पहलमा नेपाली र भारतीयलाई राहत

समाजसेवी तथा व्यवसायी निरज कोइरालाको पहलमा मुम्बईका १ सय ५० जना नेपाली र भारतीय नागरिकलाई राहत वितरण गरिएको छ।

कोइरालाको पहलमा एकता नगर ओल्ड म्हाडा स्टेट एजेन्ट एसोसिएशनले कान्दिवली पश्चिम, एकतानगर ओल्ड म्हाडाका नेपाली र भारतीय नागरिकलाई सामुहिक रुपमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।

लकडाउनका कारण मुम्बईका बिभिन्न ठाउँहरुमा अलपत्र नेपाली र भारतीयहरुको दैनिकीमा समस्या हुन थालेपछि व्यवसायी कोइरालामार्फत राहतका लागि पहल थालिएको थियो। मुम्बईमा सामाजिक तथा व्यवसायीक रुपमा परिचित कोइरालाले ब्यक्तिगत रुपमा बिभिन्न संघ, संस्था र फाउन्डेशनको सहकार्यमा समेत मुम्बईमा बसोबास गर्ने नेपालीहरुलाई राहत वितरण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस